Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैदिन २३५१ संक्रमित थपिंदा उपत्यकामा मात्रै १०५१ जनामा कोरोना पुष्टि

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077