Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विदेशबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर अत्यधिक बढिरहेको भन्दै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन आग्रह गरेको छ।

आज मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन आग्रह गर्दै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए।

त्यस्तै, मन्त्रालयले जुनसुकै प्रयोजनका लागि भएपनि २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको छ।

कोरोना महामारी रोकथामका लागि यो महिनाको अन्तिमसम्म निम्नलिखित नियमहरु पालना आग्रह गर्दै मन्त्रालयले सूचना जारि गरेको छ।

जसमा सार्वजनिक सवारी साधनमा सबैले अनिवार्य रुपमा मस्कको प्रयोग गर्ने, विदेशबाट आउनेले १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने, विवाह वा बर्तबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा प्रमुख जिल्ला अधिकारी सीडीयोको पूर्वस्वीकृति लिने...

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077