Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा कोरोनाको नयाँ रेकर्ड : एकैदिन २४२८ संक्रमित थपिँदा, उपत्यकामा मात्रै ११७४ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि लगातार दोस्रो दिन संक्रमितको संख्या २ हजार भन्दा धेरैमाथि रहेको छ। कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ । १०  हजार ००१ जनामा पीसीआर परीक्षण र ४४७ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः२३६५ र ६३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा २५२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७६ हजार ३४५ जना डिस्चार्ज भएका छन्।

बिहीबार कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको पाँच  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

हिजो नेपालमा २३५१ जना संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077