Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कोरोनाका कारण पशुपतिनाथ मन्दिर पनि बन्द

काठमाडौँ। कोरोना भाइरसको महामारी फैलँदै गएपछि पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि बन्द गरिने भएको छ।

उक्त व्यवस्था शुक्रवारदेखि लागु हुने पशुपति क्षेत्र विकास कोषले वक्तव्यमार्फत जानकारी दिएको छ।

पशुपति क्षेत्रमै रहेको गुह्येश्वरी मन्दिरमा पनि शुक्रवारदेखि नै नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको उक्त वक्तव्यमा उल्लेख छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेकाले नेपाल सरकारले जारी गरेको पछिल्लो आदेश अनुसार मन्दिरमा नित्य पूजाबाहेकका कार्य रोक्ने निर्णय गरिएको जानकारी दिए।

गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले देशभर कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएको बह्न्दै रोकथाम र नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थलहरुलगायत पार्टी प्यालेस, मठ मन्दिर, होटल तथा रेष्टुरेन्टहरु पूर्ण रुपमा बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077