Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्लोर क्रस गर्ने एमालेका ४ सांसद पार्टी सदस्य समेत नरहनेगरी निश्कासित

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभाले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशमा एमालेका अमर थापा, कुर्मराज शाही, नन्दसिंह बुढा र प्रकाश ज्वालाले फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गर्ने चारै जना माधवकुमार नेपाल पक्षका हुन् ।

३ गते शुक्रबार नेकपा एमालेका चार सांसदले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन उल्लंघन गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आदेश मान्दा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद एकाएक जोगिएको थियो ।

शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिएका शाहीलाई आफ्नो पद जोगाउन ३९ सदस्यीय प्रदेशसभामा २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर, मुख्यमन्त्री शाहीले २२ मत पाए ।

एमालेका चार सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगिएको थियो । शाहीको पक्षमा एमालेका ४, उनको दल माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सहित २२ सांसदले मतदान गरेका थिए ।

आफ्नै सांसदहरुले धोका दिएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलको चौथो पटक मुख्यमन्त्री बन्ने प्रयास फेरि पनि असफल भएको थियो । त्यसअघि तीन पटकसम्म उनले मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए ।

यता, मुख्यमन्त्री शाहीले फ्लोरक्रस गरेर पद जोगाइदिएका एमालेका तीन सांसदलाई मन्त्री बनाइसकेका छन् ।

शाहीले गत शनिबार नै नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077