Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादीले थापापछि खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो (पत्रसहित)

    माओवादीले थापापछि खड्कालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटायो (पत्रसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १० बैशाख २०७८
  • 3.4K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । माओवादीले यसअघि पनि रामबहादुर थापालाई पार्टी परित्याग गरेपछि राष्ट्रिय सभाको सदस्यबाट हटाएको थियो।

    माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा खड्काले पार्टी परित्याग गरेको सूचना दर्ता गरेर हटेको जानकारी दिएको हो। राष्ट्रिय सभा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएको जानकारी दिए ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्काले पार्टी परित्याग गरेकाले उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि पार्टीका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार