Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

तीन दिनमै कोरोनालाई जितेकी केकीले भनिन् -आफ्नो पनि ख्याल राख्नुहोस्

काठमाडौँ। अभिनेत्री केकी अधिकारीले कोरोनालाई जितेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना लागेको तीन दिनपछि कोरोना परिक्षण गराउँदा नेगेटिभ आएको उल्लेख गरेकी छिन्।

अभिनेत्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् केही दिन अघिको हावापानी र बर्षाले आफुलाई रुघाले समातेको भन्दै २ रात लगातार ज्वरो पनि देखिएपछि स्वाब परिक्षण गराउद कोरोना पोजिटिभ देखिएको बताएकी छिन्।

उनले चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेर र तीन दिनपछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखिकोमा खुसि साटेकी छिन्। सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको भन्दै उनले आफ्नो पनि ख्याल राख्न र अरुलाइ पनि जोगाउन आग्रह गरेकी छिन्।

उनले लेखेकी छिन्, 'केही दिन अघिको हावापानीबर्षा पछि मलाई रुघाले समात्यो अनि २ रात लगातार ज्वरो पनि देखिएपछि मैले स्वाब परिक्षण गराए जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेँ र तीन दिन पछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखियो। नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।


यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।'



प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077