Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रत्येक दिन नेपालमा कोरोनाको नयाँ रेकर्ड, आजबाट २५ सयको आँकडा पनि पार गर्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रममा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि लगातार आज तेस्रो दिन पनि संक्रमितको संख्या २ हजार भन्दा धेरैमाथि रहँदै २५ सयको आँकडा पारे गरेको छ ।

कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ७९८  जनामा पीसीआर परीक्षण र ८६६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २४४९ र ११० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७६ हजार ७५५ जना डिस्चार्ज भएका छन्। आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको पाँच  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १२२  पुगेको छ ।

हिजो नेपालमा २४२८ जना थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077