Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • हतार–हतारमा धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री, बाँकी काम पूरा गर्न अझै ९ महिना लाग्ने

    हतार–हतारमा धरहराको उद्घाटन गर्दै प्रधानमन्त्री, बाँकी काम पूरा गर्न अझै ९ महिना लाग्ने

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 4.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । २०७२ को भूकम्पले भत्काएको धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्दै छन् । प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने भए पनि धरहरा बन्न भने अझै ९ महिना लाग्ने बताइएको छ ।

    आजभन्दा ६ वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गतेको भूकम्पले घरहरा भत्काएको थियो । यद्यपी धरहराको निर्माणले भने पूर्णता पाउन बाँकी छ ।



    २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको धरहराकै छेउमा अर्को नयाँ धरहरा निर्माण भइसकेको छ तर, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन ।



    निर्माण नसक्दै हतार–हतार धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणका लागि भने खुला नहुने भएको छ । शनिवार बिहान प्रधानमन्त्रीले उद्घाटन मात्रै गर्ने र सर्वसाधारणका लागि निर्माण सकिएपछि मात्रै चढ्न दिइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अब बाँकी काम सम्पन्न गर्न ९ महिना लाग्छ ।

    २०७२ सालको भूकम्पले धरहरा ढालेको भए पनि पुनर्निर्माणमा विवाद हुँदा निर्माण भने २०७५ मा मात्रै सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

    भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि तयार भएको छ । तर, यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार