Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

नागढुंगाबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । जिल्लाको नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोतरी जिल्ला सम्सी गाउपालिका वडा नं. २ बस्ने ४७ बर्षीय लाल बाबु नदाफ र २७ बर्षीय अलि हुसेन रहेका छन् ।

शनिबार दिउँसो महोतरी गौशालाबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्रदेश नं. ३-०१-००५ ख ९७२७ नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट नाइट्रजेमपाम ४४९८ को ट्याब्लेट बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077