Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

धुर्मुस सुन्तलीको अफरमा कुलमान, मलेसियाबाट नेपालीहरुले लेखाइदिए कुर्सीमा नाम

भरतपुर। चितवनको भरतपुरमा निर्माणाधीन रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा आर्थिक संकट परेपछि धुर्मुस सुन्तली फाउण्डेसनले केही समयअघि नयाँ अफर सार्वजनिक गरेको थियो। उक्त नयाँ अफर अनुसार सर्वसाधारणले रंगशालाको कुर्चीमा एक लाख तिरेर नाम लेखाउन पाउने छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने व्यवस्था गरिएकोमा कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ ।

यसैबीच, उक्त फाउण्डेसनको नयाँ अफरमा कुलमान घिसिङको पनि नाम लेखिने भएको छ। कुलमाङको नाममा मलेसियास्थित सेलेङ्गर मेरुमा रहेको टप ग्लोबमा कम्पनीमा कार्यरत नेपालीहरुले १ लाख रुपैयाँसंगै ५८ हजार २ सय १३ रुपैयाँ सहयोग प्रदान गरि कुलमानको नाममा कुर्सी सुरक्षित गरेका छन्।

जसमा टंक राउत (प्युठान) राजु गजमेर (दोलखा) बाबुराम बिक (बर्दिया) मेघ बुढाथोकी (प्युठान) कमल भट्टराई (ईलाम) .बसन्त के सी (प्युठान) र विशाल खडका (कैलाली)ले सहयोग स्वरुप कुलमानको नाममा कुर्सी सुरक्षित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077