Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कुनै पनि विदेशीहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ । नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार यसरी ट्रान्जिटमा आउने विदेशी नागरिकका कारण जनमानसमा कोभिड झन् फैलनसक्ने जोखिमलाई ध्यान दिँदै मन्त्रालयय सो निर्देश गरेको हो । नेपाली नागरिक, कुटनैतिक निकाय, नेपालस्थित विभिन्न मिसनका कर्मचारी तथा उनीहरूका परिवार र नेपालमा बसोबास गरेका विदेशीलाई परिचय खुल्ने प्रमाणका आधारमा परीक्षण गरिदिन पनि आग्रह गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077