Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

बैतडीमा जन्ती सवार जिप दुर्घटना, एकको मृत्यु, बेहुला–बेहुलीसहित १२ घाइते

बैतडी । बैतडीको पाटन–खोड्पे सडकखण्डमा जन्ती सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान ६ बजे बैतडीको पाटन नगरपालिका–६, घट्टीखोलामा दुर्घटनामा परेको प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका ५५ वर्षीय देवदत्त जोशी रहेका छन्। मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाइते भएका छन्। दुलाहा–दुलही सामान्य घाइते छन्। आइतबार बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्साहा गएको थियो।

जन्त लिएर आइतबार राति नै बैतडी फर्किएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077