Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, हवाई उडानमा समेत रोक !

काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

यसैबीच, पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि उपत्य्कता भित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरिएको छ । आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार गृह सचिवसँग तीनवटै सीडीओहरुले छलफल गरेपश्चात् त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो ।

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ । साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ। त्यस्तै, स्रोतका अनुसार आन्तरिक हवाई उडानमा समेत रोक लगाउने तयारी भइरहेको छ।

हिजो बसेको कोभिड -१९ संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा (लकडाउन) लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेसँगै उपत्यकाका सीडीओहरुको छलफलले उक्त बताईएको छ।

सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोसँगै मन्त्रिपरिषदको बैठक पनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077