Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ‘प्रधानमन्त्री ओलीलाई सरकारी निर्णय लाग्दैन ?’

    ‘प्रधानमन्त्री ओलीलाई सरकारी निर्णय लाग्दैन ?’

    जनतालाई भेला, बैठक र समारोह नगर्न भन्ने प्रधानमन्त्री ओलीले भने पार्टीगत भेला, बैठक र समारोह गरिरहने यो के हो ?

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

    यसैबीच, पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि उपत्यकताभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउने तयारी भएको छ। आज बिहान उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सीडीयो)बीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।



    काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवासंचालनमा रोक लगाइने विषयमा छलफल भएको बताए । उनका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरिएको हो। यस्तै, यसअघि स्वास्थ्य मन्त्रालयले पटक पटक सूचना जारि गर्दै सभा, सम्मेलन, भेला, बैठक, समारोह, बिवाह, मृत्युमा बढीमा २५ जना भन्दा बढी उपस्थित नहुन आग्रह गरेको छ।



    तर, पछिल्ला दिनहरुमा देशको प्रमुख व्यक्ति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारकै निर्णय उलंघन गर्दै भेला, बैठक, समारोह गरेको भन्दै नेकपा एमालेका नेता भिम रावलले चर्को आलोचना गरेका छन् । रावलले कोरोनाबाट जोगिन जनतालाई भेला, बैठक, समारोह नगर्न भन्ने प्रधानमन्त्री ओलीले आफू भने पार्टीगत भेला, बैठक, समारोह गरिरहने यो के हो ? भन्दै प्रश्न गरेका छन्।

    नेता रावलले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई सरकारी निर्णय नलाग्ने हो कि ? उनको पार्टी अर्थात् गुट सरकारी निर्णय र कानूनभन्दा माथि हो ? भन्दै आलोचना गरेका हुन् । ट्वीटरमा रावलले कानूनका सामु सबै बराबर होइन र ? भन्दै कानूनको पालना जनतादेखि प्रधानमन्त्री ओली सम्मले मानुपर्ने धारणा राखेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार