Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद छ : भीम रावल

    एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद छ : भीम रावल

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 552
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद भएको दाबी गरेका छन् ।

    सामाजिक संञ्जाल ट्वीटर एक्स मा लेख्दै नेता रावलले एनसेलको सेयर खरिद बिक्री शङ्कास्पद भएको दाबी गरेका हुन् ।



    नेता रावलले लेखेका छन्, ‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौंको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ । यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न।’



    एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबीना सम्भव नहुने नेता रावलको दाबी छ । नेता रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको दाबी गरे।

    सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ? भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार