Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्डलाई भीम रावलको प्रश्न – लाखौं जनता सडकमा उतार्ने धम्की कसलाई दिएको ?

    प्रचण्डलाई भीम रावलको प्रश्न – लाखौं जनता सडकमा उतार्ने धम्की कसलाई दिएको ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 750
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सडकमा लाखौं जनता र कार्यकर्ता सडकमा ल्याउने अभिव्यक्ति दिएपछि नेता रावलले आपत्ति जनाएका हुन् ।



    नेता रावलले सामाजिक संञ्जालमा लेखेका छन्,‘सुदूरपश्चिम, दार्चुलाका लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमणमा परेको र हालै त्यहाँ भारतीय प्रमंले नांगो हस्तक्षेप गरेको बारे धनगढीको कार्यक्रममा चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की प्रमं प्रचण्डले कसलाई दिनुभएको हो ? आफैंलाई वा विदेशी हस्तक्षेपका विरोधीहरूलाई ? कसको विरुद्ध लाखौं मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’



    लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतीय अतिक्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नांगो हस्तक्षेप गरेकोबारे चुइक्क नबोली लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको भन्दै प्रश्न गरेका छन् ।

    नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक मुलुक भएको र कुनै जातजातिको बाहुल्य नभएकाले जातीय राज्यमा जान नसक्ने स्पष्ट पारे । उनले देशको प्रधानमन्त्रीले कसको विरुद्ध मानिस सडकमा ल्याउने भन्ने प्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार