Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देश जोगाउन संघीयता खारेज गरिनुपर्छ : भीम रावल

    देश जोगाउन संघीयता खारेज गरिनुपर्छ : भीम रावल

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन संघीयता खारेज गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    कोशीको सत्ता समीकरणलाई लिएर नेता रावलले आइतबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।



    एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि नेता रावलले सत्ता स्वार्थको कुरूप कोशीमा देखिएको उल्लेख गरे ।



    उनले ट्वीटरमा लेखेका छन् ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्रीको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो । यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ ।’

    कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार