Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • देश बचाउन संघीयता खारेज गर्नुपर्छ : डा. भीम रावल

    देश बचाउन संघीयता खारेज गर्नुपर्छ : डा. भीम रावल

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 714
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले देश जोगाउने हो भने संघीयता खारेज गर्नुपर्ने बताएका छन् । पहिलेदेखि नै संघीयताको विरोध गर्दै आएका नेता रावलले एक अनलाइनसँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् ।

    कोशी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीति नै तरङ्गित बनेका बेला नेता रावलबाट यस्तो धारणा आएको हो । कोशी प्रदेशमा सत्ता गठबन्धनभित्रै कांग्रेसका शेखर पक्षले विद्रोह गरी मुख्यमन्त्री हात पारेका छन् । जसले गर्दा अहिले राष्ट्रिय राजनीति नै तरङ्गित भएको छ ।



    पछिल्लो राजनीतिक गतिविधिलाई तपाईंले कसरी हेर्नुभएको छ ? भन्ने प्रश्नमा नेता रावलले भनेका छन्–‘कोशी प्रदेशमा जे–जस्ता राजनीतिक घटनाक्रम देखिए, त्यहाँ जस्तो प्रवृत्ति र चरित्र प्रदर्शन गरियो, केन्द्रीय राजनीतिमा जे–जस्तो हुँदैछ, नेपालको राष्ट्रिय हित विपरीतका गतिविधि जे–जे हुँदैछ, यी सबै हेर्दा नेपालको राज्य, सरकार, राष्ट्रिय राजनीति नेपालको हित प्रवर्द्धन गर्ने खालको छैन ।



    यसले भाषा र संस्कृति निरन्तर कमजोर बनाउने, केही व्यक्तिको निहित स्वार्थमा बलिवेदी दिने आभास भइरहेको छ । त्यसकारण जे–जस्ता प्रवृत्ति, चरित्र देखिएको छ, यदि यही नै संघीयताको मापन हो भने देश बचाउन संघीयता खारेज गर्नुपर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार