Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाली भू-भागमा भारतीय प्रधानमन्त्रीको भ्रमण सामान्य होइन : भीम रावल

    नेपाली भू-भागमा भारतीय प्रधानमन्त्रीको भ्रमण सामान्य होइन : भीम रावल

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 978
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणलाई लिएर नेकपा एमाले नेता डा.भीम रावलले आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गरेको भन्दै नेता रावलले आपत्ति जनाएका हुन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने नेता रावलको माग छ ।



    नेता रावलले भने,‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन।’



    भारतीय प्रधानमन्त्री मोदी आजै बिहान हेलिकोप्टर चढेर आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्न पुगेका छन् । उनको ट्विटर अकाउन्टबाट पार्वती कुण्डमा दर्शन गरेको फोटो पनि सार्वजनिक भएको छ ।

    मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने बताईएको छ । एमाले नेता रावल यो निकै संवेदनशील विषय भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार