Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिनहुँ आक्रामक बन्दै कोरोना, एकैदिन ३ हजार ५५६ संक्रमित थपिँदा १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रमअझै जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या ३ हजार ५ सय भन्दा माथि रहेको छ।

कोरोनाको दोस्रो लहरपछि पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।

यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ४०० जनामा पीसीआर परीक्षण र ८९३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३४४२ र ११४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार १५६१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ७७ हजार ९५१ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १७६  पुगेको छ ।

हिजो नेपालमा ३१२ जना थपिएका थिए भने २८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077