Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

पत्रकार पक्राउबारे सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाडौं। सर्वोच्च अदालतले उज्यालो नेटवर्क न्यूजका कार्यकारी सम्पादक अनिश तामाङ र महा-प्रबन्धक प्रभात लामा पक्राउविरुद्ध परेको रिटमा सरकारका नाममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले दर्ता गरेको बन्दीप्रत्येक्षीकरण रिटमा न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

प्रहरीले कार्यकारी सम्पादक तामाङ र महा(प्रबन्धक लामालाई साइबर क्राइम र राज्यविरुद्ध कसुरमा आइतवार पक्राउ गरेको थियो।

उज्यालो नेटवर्कसहित ७ वटा अनलाईनले केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सम्झौता भएको भन्दै नक्कली पत्रसहित समाचार प्रकाशित गरेका थिए ।

प्रकाशित समाचारबारे नियामक निकाय प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमायाचना गरेको थियो भने उच्च अदालत पाटनले उक्त समाचार प्रकाशित गर्ने पत्रकारहरुलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077