Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वराजा दम्पत्तिलाई अक्सिजनको सपोर्टमा उपचार

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएपछि नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीलाई अक्सिजन दिएर उपचार जारी राखिएको अस्पतालले बताएको छ।

‘उहाँहरू (पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह) दुवै जनालाई अक्सिजनको सपोर्ट जारि रहेको छ,’ अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाले भने।

गत शनिबार दिउँसो नर्भिकमा भर्ना भएका शाह दम्पत्तिलाई कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको रहेको बास्तोलाले जानकारी दिए।

भारतको हरिद्वारमा कुम्भमेलामा स्नान गरेर फर्केका पूर्वराजा दम्पतीमा गत वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077