Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेता र कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठकमा पार्टीका नेताहरुलगायत कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ र चालकहरुमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक स्थगित भएको हो ।

यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित अन्यहरुमा संक्रमण देखा परेको सानेपा स्रोतले जानकारी दिएको छ।

पार्टीको १४औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा केन्द्रित रही आजको बैठक बस्न लागेको थियो। यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

यस्तै, नेकपा एमालेका नेताहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि बालुवाटारमा खैलाबैला सुरु भएको छ। एमालेको यसअघिको महाधिबेशन आयोजक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077