Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना संक्रमितको संख्यामा उकालो, एकैदिन झण्डै ५ हजार थपिँदा १७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा उकालो लाग्ने क्रमअझै जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि आज अहिलेसम्मकै धेरै संक्रमितको संख्या झन्डै पाँच हजार नजिक पुगेको छ। नेपालमा पहिलोपटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन्।

यसैबीच, पछिल्लो २४ घण्टामा मुलुकभर ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनामा पीसीआर र ९५५ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् भने  पछिल्लो २४ घण्टामै  कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ रहेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २११ पुगेको छ।

यसअघि हिजो नेपालमा ४ हजार ५२४ संक्रमित थपिँदा १८ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077