काठमाडौँ। गण्डकी प्रदेशसभाको बहुमतमा निर्णायक बनेको राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्द अविश्वासको प्रस्तावमा मतदान गंरे बेलासम्म सम्पर्कविहीन भएकाशाही अस्पतालमा भेटिएका हुन्।
यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट भने (पीसीआर) नेगेटिभ छ। प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएको अस्पतालका निर्देशक कपिल पोखरेलले बताए ।
यसअघि मतदाको समयमा उनको खोजी गर्दा फोन समेत नलागेपछि शाहीको खोजी गर्न माग गर्दै राजमो संसदीय दलकी सचेतक पियारी थापाले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिएकी थिइन्।
यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् । प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत् प्रदेशसभा सदस्य शाहीको पीसीआर रिपोर्ट सार्वजनिक गर्दै यस्तो भनेका हुन्।
https://twitter.com/bishwaprakash77/status/1387364684848713729