Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंमा मात्रै १ सय २८ ठाउँमा चेकिङ्, निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ११ सवारी सडकमै ‘होल्ड’

    काठमाडौंमा मात्रै १ सय २८ ठाउँमा चेकिङ्, निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ११ सवारी सडकमै ‘होल्ड’

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश ९निषेधाज्ञा०को लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

    आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन ।



    विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।



    यसैबीच, सरकारले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै होल्ड गरेको छ। होल्ड गरिएकाहरुले बिनापास सवारी चलाएसँगै होल्ड गरिएको हो।  निषेधाज्ञाको पहिलो दिन बिहान काठमाडौं उपत्यकामा मात्रै ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरेको छ भने भक्तपुर र ललितपुरमा ३ सय २० वटा मोटरसाइकल, स्कुटर होल्ड गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार उपत्यकाका तीनवटा जिल्लामा ९१ वटा गाडी समेत रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने महाशाखाको भनाइ छ ।

    सरकारले लागू गरेको निषेधाज्ञा कार्यान्वनमा ल्याउन र थप कडाई गर्न काठमाडौं जिल्लाभित्र मात्रै १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको महाशाखाले बताएको छ। काठमाडौँसहित उपत्यकाका अन्य जिल्लाहरुमा बैशाख २९ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार