Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय संचालनबारे निर्णय हुने

    उपत्यकाका सीडीओहरुको बैठक बस्दै, विद्यालय संचालनबारे निर्णय हुने

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौँ उपत्यकाका जिल्ला (काठमाडौँ,भक्तपुर र ललितपुर)हरुमा जारी रहेको निषेधाज्ञाको समीक्षा गर्दै आगामी रणनीति तय गर्न सीडीओहरुको बैठक बस्दैछ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकामा बन्द रहेका विद्यालय सञ्चालनको मापदण्ड बनाउने विषयमा छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।



    यस्तै, पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने सीडीओ पराजुलीले बताए।



    कोरोना भाइरस महामारीका कारण गत बैशाख १६ गतेदेखि लागू गरिएको उपत्यकाको निषेधाज्ञा अबधी आज सकिँदैछ । सीडीओ पराजुलीका अनुसार आजको बैठकले निषेधाज्ञाका यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्न सक्नेछ।

    हाल कोरोना संक्रमितको संख्या बिगतमा भन्दा केही घट्दै गएको छ भने मृतकको संख्या पनि क्रमश घट्दै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार