Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सांसद शाहीले भने -मतदान गर्न जानेबेला बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु

कास्की । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको  बताएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा उपस्थित नभएपछि एकाएक चर्चामा रहेक सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको बताएका  हुन्।

आज एक बिज्ञप्ति जारि गर्दै सांसद शाहीले अविश्वासको प्रस्तावमा मतदान गर्न सदनमा जान तयारी हुँदा अचनाक बिरामी भई अस्पताल लैजाँदै गर्दा बेहोस भएको बताएका छन् । उनले भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु ।’

उनले आफ्नो बारेमा गलत टिप्पणी नगर्न आग्रह गर्दै आफु स्वस्थ भएपछि आफ्नो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने उल्लेख समेत गरेका छन्।

उनको बिज्ञप्ति यस्तो छ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077