Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

३४ किलो लागुऔषध गाँजासहित सुमो चालक पक्राउ

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिन्दावासिनी गापा ३ बस्ने २९ बर्षीय रबिन्द्र उपाध्याय रहेका छन्। पक्राउ परेका उपाध्यायलाई सुमोसहित पक्राउ गरेको जिल्लाका प्रहरी सहायक निरीक्षक प्रभु राउतले जानकारी दिए।

बुधबार १२:१५ बजेको समयमा पालुङबाट भैसेतर्फ आउदैं गरेको ना १ ज ४७३३ नंको सुमो गाडीमा लागूऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी भैंसेबाट असई राउतको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीको टोलीले सडकमा चेकजांच गर्न रोक्न खोज्दा नरोकेको र पछि फलोअप गर्दै जाँदा भिमफेदी १ सुन्दरीमाईस्थित राप्तीखोलाको बगरमा फेला पारेर पक्राउ गरेको असई राउतले बताए।

उक्त घटनाको बिषयमा जिल्ला अदालत मकवानपुरबाट लागुऔषध मुद्धामा म्याद अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077