Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १५६१ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो  २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।


यस्तै, काठमाडौँ उपत्यकाबाहिर बाँकेमा ४८९, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।


यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७  जनामा पीसीआर परीक्षण र ९६३  जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४८३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३०  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लख ८० हजार १६७ जना डिस्चार्ज भएका छन् । आज कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च ३५  रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार २४६  पुगेको छ ।

हिजो नेपालमा ४८९७  जना थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077