Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपालमा कोभिडका कारण सर्वाधिक दैनिक मृत्यु

    नेपालमा कोभिडका कारण सर्वाधिक दैनिक मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १६ बैशाख २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा बिहीवार कोभिडसम्बन्धी कारणले सर्वाधिक दैनिक मृत्यु भएको पुष्टि गरेको छ।

    विगत २४ घण्टामा ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।



    नेपालमा कोरोनाभाइरसको सङ्क्रमण सुरु भएयता गत वर्षको कार्तिक १९ गते ३० जनाको निधन भएको थियो।



    योसँगै नेपालमा कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२४६ पुगेको छ।

    बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

    विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

    बिहीवार थप ४,८३१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    सो सङ्क्रमण १२,५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो।

    विगत २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ।

    सबैभन्दा बढी २० देखि ३९ वर्षका
    बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,१२७ जना, ललितपुरका २५१ जना र भक्तपुरका १८२ जना छन्।

    रुपन्देहीमा ५२८, बाँकेमा ४८९ र कैलालीमा ३४९ जना सङ्क्रमित थपिएका हुन्।

    थपिएका सङ्क्रमितमध्ये ९७ जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन्।

    मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये ८९ जना नौ वर्षसम्मका, २९५ जना १० देखि १९ वर्षका र २,५२७ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। स्रोत: बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार