Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन

    आन्दोलनरत चिकित्सकसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, ३१ भाद्र २०८०
  • 672
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समिति गठन गरेको छ ।

    विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।



    स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसी नाथ गौतमद्वारा जारी विज्ञप्तिमा अतिरिक्त स्वास्थ्य सचिवदेवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको उल्लेख छ ।



    नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्नका समितिले नेपाल चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग वार्ता गर्ने बताईएको छ । छलफलबाट विवादको समाधानको पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ।

    डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । यही भदौ २७ गते हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।

    हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै थापा र विराडीमाथि कुटपिट भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई गत बिहीबार पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार