Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णालीका प्रदेशसभा सदस्यद्वारा १५ दिनको तलव विपद् कोषमा

सुर्खेत। दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरुले आधा महिनाको पारिश्रमिक विपद् कोषमा सहयोग गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार साँझ बसेको संसदीय दलको बैठकले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि आधा महिनाको पारिश्रमिक कर्णाली सरकारको विपद् कोषमा सहयोग गर्ने निर्णय भएको केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपालीले जानकारी दिईन्।

त्यस्तै, बैठकमा दलसँग आबद्ध प्रदेशसभा सदस्यहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारका निकायहरु, स्थानीय तह, अन्य राजनैतिक दल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार सञ्चारकर्मी, नागरिक समाजसँग समन्वय गरी कोभिड–१९ प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका लागि कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवं अनुगमन गर्ने निर्णय भएको छ ।

बैठकमा दल नेता एवं मुख्यमन्त्रीले कोरोनाको रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यको काममा सरकारले गरिरहेको पहल र विकास निर्माण तथा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्थाका साथै समसामयिक राजनीतिक परिस्थिति र दलले खेल्नुपर्ने भूमिकाबारे जानकारी दिनुभएको प्रमुख सचेतक नेपालीले बताईन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077