Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लुम्बिनी प्रदेश : पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले संसदीय दलको निर्णय

बुटवल। मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै लुम्बिनी प्रदेशमा एमालेले एकल सरकार बनाउने गृहकार्य सुरु गरेको जनाएको छ।

मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएलगत्तै बसेको एमाले संसदीय दलको बैठकले संविधानको १६८ को १ बमोजिम एकल सरकार बनाउने निर्णय गरेको एमाले प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए।

ढकालका अनुसार एकल सरकारको मुख्यमन्त्री संसदीय दलका नेता शंकर पोखरेललाई नै तोक्ने निर्णयसमेत भएको र आजै मुख्यमन्त्रीको शपथ हुने गरी गृहकार्य अगाडि बढाइएको छ,’ उनले भने, ‘मुख्यमन्त्री नियुक्तिपछि बिस्तारै मन्त्रिमण्डल विस्तार हुनेछ ।’

एमाले लुम्बिनीमा ४१ जना प्रदेशसभा सदस्य छन् । जसपाका ४ र माओवादीका २ सांसद निष्कासनमा परेपछि अहिले प्रदेशसभा ८१ सदस्यमा खुम्चिएको छ । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छन् जुन एमालेमा मात्रै छन् ।

एमाले संसदीय दलको बैठकमा ४० सदस्य उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077