Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले उनीसहित उनको श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका हुन्।

फेसबुकमा उनले लेखका छन्,'आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ । धन्यवाद ।'

https://www.facebook.com/dhbhanu/posts/1646177162243252

यसअघि उर्जामन्त्री टोपबहादुर रायमाझी तथा खानेपानी मन्त्री मणि थापालाई संक्रमण भएको थियो ।

नयाँ भेरियन्टको कोरोना भाइरसको महामारी फैलिएसँगै हाल संक्रमित हुनेहरुको संख्या बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077