Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपतिद्वारा गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

यसअघि प्रदेश प्रमुख रहेका गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमकी शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उनीहरु माओवादी केन्द्रका हुन्।

उनीहरु दुबैलाई हटाएर केन्द्रदेखि प्रदेशसम्म नेकपा एमालेको नेताहरुलाई जिम्मेबारी दिईन लागेको हो। यस्तै, माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077