Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पत्रकारहरु कोरोनाको उच्च जोखिममा, ५५० जनामा संक्रमण हुँदा ७ जनाको मृत्यु

    पत्रकारहरु कोरोनाको उच्च जोखिममा, ५५० जनामा संक्रमण हुँदा ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको दोस्रो चरणको  महामारीपछि सात जना पत्रकारको निधन भएको छ। यस्तै हालसम्म ५५० जना पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

    सोमबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै संक्रमणको दोस्रो लहरसंगै संक्रमितमध्ये सात जना पत्रकारको निधन भएको जनाएका छन्। महासचिव पुरीका अनुसार सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपचार कक्षमा उपचार भइरहेको छ।



    कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग उनले विज्ञप्तिमार्फत् माग गर्दै संवेदनशील घडीमा अनेक कठिनाइ भए पनि कार्यस्थलमा खटिने पत्रकारलाई अझ बढी गम्भीर र सचेत रहन आग्रह समेत गरेका छन् ।



    यस्तै महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा कार्यस्थलमा खटिइरहेका पत्रकारका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य र सुरक्षा सामग्री व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

    यस्तो छ महासचिव पुरीले जारि गरेको विज्ञप्ति :

    विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड—१९) संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ । उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोरोना भाइसरबाट पनि प्रभावित हुन पुगेको खवरले नेपाल पत्रकार महासंघ अत्यन्त दुःखी र चिन्तित भएको छ ।
    महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आइसीयुमा उपचार भइरहेको छ ।
    अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ । महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।
    महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड १९ कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन् । कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ । यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ ।
    साथै, महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ । र, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउँदछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार