Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति

    सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् ।

    सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएको जानकारी गराएका हुन् ।



    गत चैत्र ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु विक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेको बताएको थियो ।



    सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताए । उनले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद् र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए ।

    भेटमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार