Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाबाट निधन भएका व्यक्तिको शवबाट भाइरस सर्छ कि सर्दैन ?

    कोरोनाबाट निधन भएका व्यक्तिको शवबाट भाइरस सर्छ कि सर्दैन ?

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्।

    ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्।



    त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको छ।



    के मृतकको शरीरले कोभिड-१९ फैलाउन सक्छरु अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन ? अनि शवलाई जलाउनु उचित कि गाड्नु ?

    के शवबाट कोभिड -१९ सर्छ ?
    शव बोक्नेहरूले सुरक्षात्मक पोसाक लगाउनु पर्ने डब्ल्यूएचओले जनाएको छ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन।

    यो रोग लगाउने सार्स (कोभ)२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्।
    अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन्।

    ‘आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,’ एप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा पान-अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भनेका थिए।

    मृतकको शरीरमा भाइरस बाँच्न सक्छ ?

    ‘त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ। तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,’ उनले भने।

    डब्ल्यूएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ।

    त्यसमा भनिएको छ, ‘यदि महामारीयुक्त इन्फ्लूएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ। अन्यथा शवबाट रोग सर्दैन।’

    तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्।

    चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।

    कोभिड-१९ लागेर ज्यान गएकाहरूका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ।

    शवलाई गाड्न सकिन्छ कि जलाउनुपर्छ ?

    डब्ल्यूएचओका अनुसार शवलाई गाड्न पनि सकिन्छ, जलाउन पनि सकिन्छ।

    ‘सरुवा रोग लागेका मानिसको शवलाई जलाउनुपर्छ भन्ने मान्यता रहेको देखिन्छ तर त्यो सत्य होइन। अन्तिम संस्कार भनेको सांस्कृतिक छनोट र उपलब्ध स्रोतको कुरा हो,’उक्त निर्देशिकामा भनिएको छ।

    अन्तिम संस्कारका क्रममा शवहरूको व्यवस्थापन गर्दा पन्जा लगाउनु र तुरुन्तै साबुन पानीले हात धुनुपर्छ।

    कोभिड-१९ का बिरामीका शवलाई तत्कालै अन्तिम संस्कार गर्नुपर्छ भन्ने नभएको डब्ल्यूएचओको भनाइ छ। (बीबीसी सहयोगमा)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार