Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा थपियो, सडकमा हिडे कारवाही

    उपत्यकामा थप कडाइ गर्दै एक साता निषेधाज्ञा थपियो, सडकमा हिडे कारवाही

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौं। नयाँ भेरियन्टको कोरोना भाइरसले महामारीको रुप लिएसँगै संक्रमितको संख्यामा उकालो लाग्ने क्रम उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरेको छ।

    यद्यपि लकडाउनमा संक्रमितको संख्या घट्नुको सट्टा झन् झन् बढ्दै गएको छ।



    यसैबीच, काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दै उपत्यकाभित्र थप एक साता निषेधाज्ञा हुने भएको छ ।



    आज उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका सीडीओहरुको बैठकपछि आगामी बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा ललितपुर जिल्लाका सीडीओ भने उपस्थिति भएका थिएनन्। कोरोना सङ्क्रमण देखिएपछि ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला अनुपस्थित भएका हुन्।

    बैठकपश्चात् काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले भने, ‘कोरोना सङ्क्रमण दर झनै बढेकाले थप एक साता निषेधाज्ञा गरिएको हो, थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ, मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।’

    त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियोभने बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २५ प्रतिशत र शाखामा २० प्रतिशत कर्मचारी राखेर संचालन गर्न निर्देशन दिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार