Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकामा मात्रै एकैदिन ३,८९३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैबीच, आज पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ६६०  जनामा संक्रमण पुष्टि भएको छ ।

आज देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च ५५ रहेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ४१७ पुगेको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म २ लाख ८७  हजार ७९० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077