Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसको निर्णय : प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा फेल गराउने, अध्यादेशको भर्त्सना

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेको छ ।

आज बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाउदै ओलीलाई

संसदमा विश्वासको मत लिन आउँदा असफल गराउने निर्णय गरेकोसहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।

विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ,’ नेता महतले भने।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै सात वटा अध्यादेश जारी गरेकी थिइन् ।


 जारी भएका अध्यादेशहरूमा  विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ।


यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको छ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077