Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री पोखरेलले कैलालीका सीडीओलाई फोन गर्दै भने- समस्या परे सम्पर्क गर्नु

    उपप्रधानमन्त्री पोखरेलले कैलालीका सीडीओलाई फोन गर्दै भने- समस्या परे सम्पर्क गर्नु

    अनलाइन नेपाल
  • मंगलबार, २१ बैशाख २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो स्थितिबारे जानकारी लिँदै राज्यको उपस्थिति जनाउन त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

    कोभिड–१९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले आज जिल्लाका सीडीओ खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी सो जिल्लामा बिरामीले उपचार नपाएको, शव व्यवस्थापन नभएका जस्ता गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

    पोखरेलले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनतालाई राहतको महसुश गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयन गर्न आग्रह समेत गरे ।

    मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको समन्वय गर्न तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफू वा सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन दिए ।

    उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडिओसँग जानकारी लिएका थिए।

    जवाफमा सीडीओ रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए ।

    उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सिसिएमसीले सहयोग गर्ने बताए। खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
    उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार