Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कैलालीमा कोरोनाको भयावह, थप चार जना संक्रमितको मृत्यु

    कैलालीमा कोरोनाको भयावह, थप चार जना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.6K
    SHARES

    कैलाली । जिल्लामा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    दुई जनाको धनगढीस्थित सेती अस्पतालमा र दुई जनाको प्राइभेट अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।



    मृत्यु हुनेहरुमा सेती अस्पतालमा १७ वर्षीय पुरुष, ३५ वर्षीया महिला र धनगढीस्थित एक प्राइभेट अस्पतालमा ७८ वर्षिया वृद्धा र एक पुरुषको मृत्यु भएको जोशीले बताए।



    पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि मृत्यु हुनेहरुको संख्या दिनहुँ बढ्दै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार