Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ४ लाख ५६ हजार कोभिड कोष र ६ लाख ५ हजार पार्टीको खातामा जम्मा गरे : ईश्वर पोखरेल

    ४ लाख ५६ हजार कोभिड कोष र ६ लाख ५ हजार पार्टीको खातामा जम्मा गरे : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड सङ्क्रमितको उपचारका लागि सरकारको निर्णयअनुसार सात महिनाको पारिश्रमिक चार लाख ५६ हजार ४०० कोभिड कोषमा बुझाएको बताएका छन्।

    शुक्रबार पदबाट बाहिरिएका पूर्वमन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका हुन्। ‘राज्यलाई बुझाउनुपर्ने सुविधा तथा सबै किसिमका दायित्व पूरा गरेको गर्दै उक्त अवधिमा पार्टीको कोषमा छ लाख पाँच हजार जम्मा गराइएको छु, उनले विज्ञप्तिमा भनेका छन्।



    नेता पोखरेल २०७४ साल फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म रक्षामन्त्री र त्यसपछि २०७८ साल जेठ २१ गतेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारीमा रहेका थिए । उक्त अवधिलाई आफूले राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको उल्लेख गर्दै उनले जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीले मार्गदर्शन गरेको स्मरण गरे।



    ‘अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहिं पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ ।’ उनले भनेका छन्, ‘ र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो – यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार