Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोशीमा एमाले नेतृत्वको सरकार बन्ने उपाध्यक्ष पोखरेलको दाबी

    कोशीमा एमाले नेतृत्वको सरकार बन्ने उपाध्यक्ष पोखरेलको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 300
    SHARES

    उदयपुर । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार बन्ने दाबी गरेका छन्।

    नेकपा एमाले उदयपुरका नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्न उदयपुर पुगेको उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उनले संवैधानिक जटिलतालाई चिर्दै एमाले नेतृत्वको सरकार बन्ने दाबी गरे। उपाध्यक्ष पोखरेलले नयाँ समीकरणसँगै सात वटै प्रदेश सरकारहरु फेरबदल हुने बताए।



    पोखरेलले मुलुकको समृद्धि हासिल गर्न र नेकपा एमालेको संकल्प गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न नयाँ समीकरणको सरकार बनेको स्पष्ट पारे।

    पोखरेलले नयाँ समिकरणमा को प्रधानमन्त्री कति समयका लागि बन्ने र एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने भन्दापनि मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको धारणा राखे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार