Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वरिष्ठ उपाध्यक्ष पोखरेल – प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन्

    वरिष्ठ उपाध्यक्ष पोखरेल – प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन्

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 918
    SHARES

    सिराहा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सहमति गर्न सक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने बताएका छन् ।

    नेकपा एमाले जिल्ला कमिटी सिराहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत चेतावनी समेत दिए ।



    एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरीत कुनै पनि सहमति सम्झौता मान्य नहुने उनको भनाई थियो । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरूलाई आव्हानसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार