Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ईश्वर पोखरेलको आरोप – विशिष्टको लावालस्करले भूकम्प प्रभावित क्षेत्रमा आतंक मच्चायो

    ईश्वर पोखरेलको आरोप – विशिष्टको लावालस्करले भूकम्प प्रभावित क्षेत्रमा आतंक मच्चायो

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 639
    SHARES

    फाइल फोटो

    धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको आरोप लगाएका छन् ।

    प्रेस चौतारी धनकुटाले बिहीबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् ।



    उनले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको बताए ।



    राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम बढी भएकाले भूकम्प पीडितलाई थप समस्या बनाएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार