Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमालेलाई सरकारमा जान कुनै हतार छैन : ईश्वर पोखरेल

    एमालेलाई सरकारमा जान कुनै हतार छैन : ईश्वर पोखरेल

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 1.7K
    SHARES

    नुवाकोट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सरकारमा जान हतार नभएको बताएका छन् ।

    प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष पोखरेलले सरकार ढाल्ने र बनाउने कसरतमा भन्दा पनि एमाले आफ्नो पार्टी सुदृढीकरण अभियानमा लागेको बताए ।



    उपाध्यक्ष पोखरेलले भने ‘वर्तमान सरकारमा सहभागी हुने मनसाय पार्टीको छैन । सरकारलाई ढाल्ने प्रयासमा लाग्नुभन्दा पनि आगामी निर्वाचनमा बहुमत ल्याउने गरेर सङ्गठन निर्माणमा केन्द्रित हुन व्यस्त छौं ।’

    उपाध्यक्ष पोखरेलले ‘समृद्ध नेपाल : सुखी नेपाली’को आकांक्षा एमालेले मात्रै पूरा गर्नसक्ने जनाउँदै विचार र ‘एजेन्डा’ विनाका दलहरूबीच निर्वाचनमा गठबन्धन नहुने टिप्पणी गरे ।

    पार्टीलाई बलियो बनाउन जबजको विकास तथा दशौं महाधिवेशनको कार्यदिशा र कार्यभार अनुसार पार्टीको नेतृत्व तहदेखि तल्लो तहसम्मनै विधिबाट निर्देशित हुने भएकाले पार्टीमा कुनै वैमनश्यता नरहेको उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार